Logo

प्रचण्डले माओवादीका लागि यी सिट नछाड्ने (सूचीसहित)



काठमाडौं, ३१ भाद्र । नेकपा माओवादी केन्द्रले २०७४ मा जितेका सबैजसो ३६ सिट नछाड्ने अडान लिएको छ । उसले जितेका सिटमध्ये एक या दुईबाहेक कुनैमा पनि लचिलो नहुने अडान सत्ता गठबन्धनको बैठकमा स्पष्ट पारेको बुझिएको छ ।

माओवादीले विगतमा जितेका र फेरि जित पक्का ठानेको ठाउँहरुमा नछाड्ने गरी अध्यक्ष प्रचण्डले नै अडान लिएको बुझिएको छ । विशेषगरी माओवादीको आधार क्षेत्र मानिएको र तराईका कतिपय सिटहरुमा माओवादीको दरिलो अडान रहेको छ ।

माओवादी अध्यक्ष प्रचण्ड जितेको चितवन ३, वर्षमान पुन जितेको रोल्पा, जर्नादन शर्मा जितेको रुकुम पश्चिम, गिरिराजमणि पोखरेल जितेको महोत्तरी १ पनि कुनै हालतमा नछाड्ने भएको छ । माओवादीको बलियो पकड रहेको जाजरकोट, हुम्ला, सल्यान जुम्ला भोजपुरलगायतका क्षेत्र पनि नछाड्ने भएको हो ।

माओवादीले पम्फा भुसाल जितेको ललितपुर ३ र देव गुरुङ्गले जितेको लमजुङको क्षेत्र पनि नछाड्ने भएको हो ।

माओवादीले नछाड्ने अडान लिएको क्षेत्रहरु
मोरङ ४
पूर्वी रुकुम
दाङ २
जुम्ला
महोत्तरी १
काभ्रे १
कपिलवस्तु १
रुकुम पश्चिम
सल्यान
कालिकोट
लमजुङ्ग
बाग्लुङ्ग २
ललितपुर ३
चितवन ३
रोल्पा
कञ्चनपुर १
बाँके १
धनुषा १
सर्लाही ३
जाजरकोट
मोरङ ५
रामेछाप
बर्दिया ३
भोजपुर
झापा १
उदयपुर २
सिराहा २
गोरखा १
गोरखा २
सिन्धुली २
नुवाकोट १
सोलुखुम्बु
अर्घाखाँची
कैलाली ४



प्रतिक्रिया दिनुहोस्