Logo

कानूनमन्त्री बन्दीले राजीनामा दिने



काठमाडौं, ३१ भदौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले राजीनामा दिने भएका छन् । गत वर्षको चैत्र २४ गते उनी कानूनमन्त्री नियुक्त भएका थिए । आज राति १२ बजेबाट संसद्को कार्यकाल सकिने भएकोले उनले राजीनामा दिन लागेका हुन् ।

उनी सांसद थिएनन् । सांसद नभएको व्यक्ति ६ महिनाको लागि मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार मन्त्रीमा नियुक्त भएका थिए । उनी माधव नेपालको कोटाबाट कानूनमन्त्री बनेका थिए ।

मन्त्रालयको नेतृत्व सम्हालेखि आजको दिनसम्म उनले धेरै नै काम गरेको दाबी गरेका छन् । लामो समयदेखि उनी कानून व्यवसायमा सक्रिय छन् । मन्त्रीबाट राजीनामा दिएपछि चुनाव लड्छन वा के गर्छन् ? भन्ने कुरा खुलाईएको छैन् । file photo



प्रतिक्रिया दिनुहोस्