काठमाडौं, ३१ भदौ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको उपत्यका स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । भेला प्रदर्शनीमार्ग स्थित रत्नराज्य क्याम्पसमा आज आयोजना गरिएको हो ।
भेलाले आगामी मंसिरमा हुने निर्वाचनका लागि पार्टीलाई जिताउन संगठनका अध्यक्ष सुदेश पराजुलीको संयोजकत्वमा ११ सय ११ सदस्यीय अनेरास्ववियु जनपरिचालन समिति निर्माण गर्नुका साथै ‘एक युथ सय विद्यार्थी’ स्वयमसवक परिचालन गर्ने निर्णय गरेको हो ।
साथै, सरकारी शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुको उपचारको लागि सरकारी अस्पतालको ओपिडी सेवा निशुल्क र अन्य स्वास्थ्य सेवामा ५० प्रतिशत सहुलियत गर्नका लागि थप दबाब दिन संगठनले अभियान नै चलाउने भएको छ ।
सबै विश्वविद्यालयहरुलाई स्ववियु निर्वाचनको मिति यथासिघ्र घोषणा गर्न पनि बैठकले जोडदार माग गरेको छ ।