Logo

०७४ मा पेस समानुपातिक बन्दसूची आजदेखि निष्क्रिय हुने



काठमाडौं, असोज १। ०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेस गरेको समाानुपातिक उमेदवारको बन्दसूची आज रातिदेखि स्वतः निष्कृय हुने भएको छ । निर्वाचन आयोगका अनुसार आज राति १२ बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ ।

“राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको मिति २०७९/०५/२८ को पत्र तथा मिति २०७९/०५/२९ को राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझाव समेतका आधारमा संवत् २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेस गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची मिति २०७९/०६/०१ गते राति १२ः०० बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ,” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको बन्दसूची असोज २ र ३ गते बुझाउनुपर्ने आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot