Logo

पूर्व प्रधानमन्त्री खनालद्वारा नयाँ सडकको शिलान्यास



इलाम, १ असोज । इलामको सूर्योदय नगरपालिकाको भालुखोप लक्ष्मीपुर हुँदै झापा खुदुनाबारी जोड्ने सडकको पूर्व प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका छन् । संघीय सरकार अन्र्तगतको भौतिक पूर्वाधार मन्त्रालयको ४० करोड लगानीमा बन्ने ९ दशमलब २ किलोमिटर पक्की सडकको शुक्रबार वडा नम्बर १३ मा एक कार्यक्रमकाबीच खनालले शिलान्यास गरेका हुन् ।

निर्वाचन क्षेत्र रणनीतिक सडकको एपेक्स कन्ट्रसन कम्पनी प्रालीले ठेक्का लिईसकेको जनाईएको छ । वडा नम्बर १३ का अध्यक्ष हेमराज आचार्यको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य खनालले उक्त सडक निर्माण भएपछि त्यस क्षेत्रका बासिन्दा मात्र नभई झापा इलामको दुरी समेत छोटिने बताए ।

उनले लामो प्रतिक्ष र स्थानीय जनताको माग पछि आफनो पहलमा उक्त सडक बन्ने निश्चित भएको बताउनु भयो । खनालले बिगतमा यस अघिको सरकारले उक्त सडक निर्माणमा चासो नदिदा काममा ढिला भएको बताए ।

उनले भने,‘सडक बनेपछि जनजिवनमा सकारात्मक प्रभाव पर्ने छ, सबैले सडक निर्माणमा खवरदारी गर्नुहोला ।’ उनले सडक निर्माणले स्थानीय कृषि उपज इलाम र झापाका बिभिन्न स्थानमा लैजान सकिने भएपछि उक्त क्षेत्रमा आयआर्जनमा बृद्धि हुने पनि धारणा राखे ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot