Logo

चोलेन्द्रशमशेरले सफाइ लिने हो भने अर्को संसद्लाई पर्खनुपर्छः दिनानाथ शर्मा



काठमाडौं, २ असोज । नेकपा (माओवादी केन्द्र) का नेत दिनानाथ शर्माले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा संसद्को निर्णय अवज्ञा गरेर सर्वोच्च अदालत फर्कन नसक्ने बताएका छन् ।
“उहाँले म आजबाट सर्वोच्च अदालत जान्छु भन्नुभएको सुनें । उहाँ संविधान नै मान्नुहुन्न, नेपालका ऐन, कानुनलाई बरबाद गर्नुहुन्छ भने अर्कै कुरा हो । अन्यथा संसद्को निर्णय अवज्ञा गरेर कसरी अदालत फर्कने ? उहाँले त्यस्तो धृष्टता गर्नु उचित हुन्न,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले भने ।
संसदीय प्रणालीमा बहुमतको निर्णय नै अन्तिम मानिने भएकाले महाभियोग सिफारिस समितिको प्रतिवेदन अनुसार प्रक्रिया अघि बढ्ने उनको तर्क छ । उनले भने, “प्रतिनिधिसभाको कार्यकाल सकिए पनि लोकतन्त्र सकिएको छैन । महाभियोग त व्यक्तिको मृत्युपछि पनि लाग्छ । उहाँले सफाइ लिने हो भने पनि अर्को संसद्लाई पर्खनुपर्छ । प्रतिगमनकारी शक्तिको साथ छ भनेर फर्कने उहाँसँग नैतिक हैसियत नै छैन ।”

नेता शर्माले समितिको प्रतिवेदन अधुरो र अपुरो छ भने अर्को संसद्ले त्यसलाई पूरा गर्ने पनि बताए । आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन एक भएर जाने दृढता समेत उनले व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot