Logo

महारानीको अन्त्येष्टिमा सहभागी हुन लन्डन पुगे परराष्ट्रमन्त्री खड्का



काठमाडौं, असोज २ । परराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्त्येष्टिमा सहभागी हुन् शनिबार लण्डन पुगेका छन्।

बेलायती महारानीको अन्त्येष्टिमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै विषेश समारोहमा सहभागी हुनेछन् । खड्काले ल्यान्कास्टर हाउसमा आधिकारिक शोक पुस्तिकामा हस्ताक्षर गर्ने, बकिङ्घम दरबारमा प्यालेसमा राजा चाल्र्स तृतीयाको स्वागत समारोहमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै, मन्त्री खड्का बेलायतको विदेश मन्त्रालयले आयोजना गर्ने एक स्वागत समारोहमा समेत सहभागी हुनेछन् । मन्त्री खड्का आगामी बुधवार नेपाल फर्किने छन् । महारानी एलिजाबेथको राजकिय सम्मानकासाथ सोमबार अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्