Logo

विद्यालयमा भान्छाघर निर्माण



काठमाडौँ,२ असोज । नुवाकोटको विदुर नगरपालिकामा रहेका १४ विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खुवाउन भन्छाघर र बालमैत्री सामूहिक धारो निर्माण गरिएको छ ।

जापान सरकारको आर्थिक र सयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम ९युएनडिपी० को प्राविधिक सहयोगमा विदुरका आधारभूत तहसम्म अध्यापन गराउनेमध्येका १४ विद्यालयमा ‘दिवा खाजा कार्यक्रम’लाई सहयोग पु¥याउन भान्छाघर र धारा निर्माण गरिएको हो ।

विद्यालयमा हाल सञ्चालनमा रहेको ‘राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रम’का लागि विद्यार्थीलाई प्रतिदिन रु १५ का दरले प्राप्त हुने गरेको छ । उक्त रकमबाट विद्यालयमा सामूहिक (मेस) खाजा बनाउन भान्सा र पिउने पानीको अभाव भएसँगै रु ८८ लाख ८३ हजार लगानीमा १४ विद्यालयमा भान्छाघर र धारा निर्माण गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले जानकारी दिए ।

उनका अनुसार विद्यालयको मागअनुसार थप अन्यमा समेत भान्छाघर र धारा निर्माण गर्ने योजना छ । विद्यालयमा निर्माण गरिएको भान्छाघर र धाराले विद्यार्थीलाई खाजा बनाउन सहज भएकाले अन्य विद्यालयमा विस्तार गर्ने योजना जतिसक्दो चाँडो कार्यान्वयनमा ल्याउन जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले आग्रह गरे ।

विद्यालयमा खाजाको प्रबन्ध भएसँगै विद्यार्थी नियमितरूपमा विद्यालय आउनेदेखि उनीहरूको स्वास्थ्य राम्रो देखिएको जनाइएको छ । दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउन लागिएको विदुर नगरपालिकाको उपप्रमुख प्रभा बोगटीले जानकारी दिइन् । रासस



प्रतिक्रिया दिनुहोस्