Logo

रमेश खरेलको गम्भीर आरोप : ०७४ मा केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त थियो (भिडिओसहित)



काठमाडौं, २ असोज । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले आफ्नो पार्टी गठन भएको एक वर्षपनि नबित्दै जनताको मन जितेको बताएका छन् । उनले स्थानीय तहको निर्वाचनमा आफ्नो दलले सोचेजस्तो नतिजा ल्याउन नसकेको बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘मंसिर ४ गतेको निर्वाचनमा म आँफै चुनावी मैदानमा उत्रिँदैछु । जनताले के गर्नुहुन्छ, त्यो हेर्नुपर्नेछ ।’ उनले यो निर्वाचनमा मतदाताहरुले नराम्रा व्यक्तिलाई विस्थापित गर्नुपर्नेमा जोड दिए । उनले आफू डिआइजी भएको बेलामा सरकारलाई च्यालेन्ज गरेको सुनाए ।

उनले भने,‘त्यो सरकारलाई मैले च्यालेन्ज गरेको हो । रेस्पोण्ड गरेको थिएँ । त्यो सरकार भ्रष्टाचारीको सरकार थियो, कुशासनले व्याप्त थियो, त्यो बेलाको सरकार खड्गप्रसाद ओलीजीको सरकार थियो, उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले के गर्नुभयो भन्दा, लम्पसारवादलाई र कुशासनलाई प्रशय दिनु भयो । मैले त्यसलाई च्यालेन्ज गरेको हुँ ।’ उनले आफ्नो सही मूल्यांकन नभएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot