Logo

महाभियोगको कारबाहीको टुंगो नलागेसम्म चोलेन्द्र सर्वोच्च फर्कन नपाउने



काठमाडौं, २ असोज । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा महाभियोगको कारबाहीको टुंगो नलागेसम्म कार्य सम्पादन गर्न नपाउने भएका छन् ।

संघीय संसदले गत फागुन १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषदको कार्यालय, सर्वोच्च अदालत, जबरा लगायतलाई लेखेको पत्रमा महाभियोगको टुंगो नलागेसम्म काममा फर्कन नपाइने उल्लेख गरिएको छ ।

महासचिव डा.भरतराज गौतमद्धारा हस्तान्तर गरिएको पत्रमा नेपालको संविधानको धारा १०१ को उपधारा ६ मा महाभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधानन्यायाधीशले त्यस्तो कारवाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैन भन्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम ९ मा महाभियोगको कार्य प्रारम्भ भएपछि आरोपित प्रधानन्यायाधीश जबराले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यहोरा उल्लेख गरिएको छ।

 



प्रतिक्रिया दिनुहोस्