Logo

आत्महत्याका घटनालाई निर्मूल पार्न सचेतना आवश्यक : सिडिओ गौतम



बखतियार अलि, सर्लाही २ असोज । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय सर्लाहीलेले आत्महत्या सम्बन्धी सचेतना फैलाउन कार्यक्रमको आयोजना गरेको थियो । बिश्व आत्माहत्या रोकथाम दिवस आइतवार आशा जगाऔं, जीवन बचाऔं भन्ने मुल नारासहित हिजो जिल्ला प्रहरी कार्यालय सर्लाहीको आयोजनामा प्रभातफेरी नगरपरिक्रमा गरेको थियो ।

जिविस चोकबाट शुरु भएको प्रभातफेरी तुलब्यानर सहित नगर परिक्रमा गरेको थियो । प्रभातफेरीमा ग्रीण लैण्ड आवासीय बिधालय तथा सगरमाथा स्कुलका छात्रछात्राले आत्माहत्या रोकथाम बिरोधका चेतना मुलक प्लेकार्ड सहित सहभागिता जनाएका थिए ।

पछिल्लो समयमा आत्महत्याले विकराल रुप लिने गरेको भन्दै यसको विरुद्धमा सबैलाई सचेत बनाउन कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले बताए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीसँगै, सामुदायिक प्रहरी सेवा केन्द्र, आत्महत्या सम्बन्धी क्षेत्रमा काम गर्ने संघ संस्था, विद्यालय, युवा लगायतको सयुँक्त सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकरी थानेश्वर गौतमले अमूल्य जीवनलाई खेर फाल्न नहुने बताए ।

आत्महत्याको रोकथामका लागि सबैलाई सचेत बनाउन सरोकारवालाले हातेमालो गर्नुपर्नेमा गौतमले जोड दिए । बढ्दै गरेको आत्महत्याका घटनालाई निर्मूल पार्न सचेतना फैलाउनुको विकल्प नरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकरी थानेश्वर गौतमले बताए ।



प्रतिक्रिया दिनुहोस्