काठमाडौं, २ असोज । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निवासमा अझैपनि प्रहरीको निगरानी कडा रहेको छ ।
आज विहान ११ बजे अदालत छिर्न लागेका जबरालाई निवासबाट बाहिर निस्किन नदिनेगरि प्रहरी तैनाथ गरिएको छ ।
जबराले भने आफूलाई नजरबन्द गरिएको टिप्पणी गरेका छन् । योसँगै अहिले राष्ट्रिय मानवअधिकार आयोगको टोली जबराको निवासमा पुगेको छ ।
आयोग स्रोतकाअनुसार अहिले अनुगमनका लागि आयोगको तर्फबाट सहसचिव डा. टिकाराम पाखरेलको नेतृत्वको टोली जबरा निवास बालुवाटार पुगेको छ ।file photo