Logo

शेयर बजारमा आज ३३ अंकको गिरावट



काठमाडौं, २ असोज । शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से परिसुचक ३३ दशमलव ९७ अंकले घटेर १८७६ दशमलव ४१ विन्दुमा थामिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ६ दशमलव ४ अंकले घटेर ३६५ दशमलव ८६ विन्दुमा रोकिएको हो ।

आज २२९ कम्पनीको १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५५ रुपैयाँ बराबरको ६२ लाख ९६ हजार ४४५ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot