Logo

यो निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ : प्रचण्ड



काठमाडौं, ३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको बताएका छन् । आज संविधान दिवसको अवसरमा शुभकामना दिँदै दाहालले यस्तो बताएका हुन् । उनले संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि आउने निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको बताएका हुन् ।

उनले अघि भनेका छन्–‘त्यसका लागि प्रतिगमन विरोधी अग्रगामी सम्पूर्ण नेपाली जनसमुदायलाई गठबन्धनमा रहेका दलहरुलाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि हार्दिक अपील गर्दै पुनः एकपटक संविधान दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

यस्तो छ दाहालको शुभकामना सन्देश-



प्रतिक्रिया दिनुहोस्

Screenshot