Logo

युवा नेता सुबेदीलाई प्रबल जनसेवाश्रीबाट विभुषित गरिने



काठमाडौं, ३ असोज । नेपाली कांग्रेस धादिङका युवा नेता एवं टानका निबर्तमान अध्यक्ष खुम बहादुर सुबेदी प्रसिद्ध प्रबल जनसेवाश्री विभुषणका लागि सिफारिस भएका छन् ।

संविधान दिवसका अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलङ्कार र पदक विभूषित गर्नेको घोषणा गर्दा व्यवसायी समेत रहेका सुबेदी प्रबल जनसेवा श्रीबाट सम्मानित हुने भएका हुन् ।

राष्ट्रपति  भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/५/३१ गतेको सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा विभूषण प्रदान गरेकी हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot