काठमाडौं, ३ असोज । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्रै अस्थायी मतदाताले मतदान गर्न पाउनेछन् ।
कारागारमा रहेका थुनुवा, कैदी, वृद्धाश्रममा रहेका व्यक्ति, सुरक्षाकर्मी र कर्मचारीले समानुपातिक प्रणालीतर्फ मात्रै मतदान गर्न पाउने जनाइएको छ ।
निर्वाचन आयोगको अनुसार निर्वाचनमा खटिनेहरुका लागि मतदाता नामावली संकलन कार्य सुरु गर्न लागिएको हो ।
नामावली संकलन कार्य देशका ७७ वटै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयबाट हुन लागेको हो ।