Logo

सरकारी अस्पतालमा १३ बालबालिकाको मृत्यु



एजेन्सी, ३ असोज । ओडिशाको एक सरकारी अस्पतालमा १८ दिनमा १३ बालबालिकाको मृत्यु भएको घटना सार्वजनिक भएको छ । घटना राज्यको किनझार जिल्लाको हो, जहाँ मृतक बालबालिकाका आफन्तले अस्पताल प्रशासनविरुद्ध नाराबाजी गरेका छन् ।

चिकित्सक र नर्सको लापरबाहीका कारण बालबालिकाको मृत्यु भएको परिवारले आरोप लगाएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

अस्पतालमा बालबालिकालाई समयमै अक्सिजन नदिँदा धेरै बालबालिकाको मृत्यु भएको पीडित परिवारले बताएका छन् । आफन्तले अस्पतालमा तोडफोड गर्न थालेपछि प्रहरी र स्वास्थ्य अधिकारीले उनीहरुलाई शान्त बनाउन प्रयास गरेका थिए ।

गम्भीर बिरामी बालबालिकाको उपचार भइरहेको विशेष नवजात शिशु स्याहार इकाई (एसएनसीयू) मा चिकित्सक नगएको र त्यही कारण बालबालिकाको मृत्यु भएको आफन्तले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot