काठमाडौं, ४ असोज । चोलेन्द्र शमशेर जबराको छोरी भनेर मिडियामा प्रतिक्रिया दिएकी सुनिधि राणा र प्रधानन्यायाधीश जबराबीचको नाताबारे आएको समाचारप्रति सुनिधिले मुख खोलेकी छिन् ।
सुनिधिले आफू जबरा परिवारकै नातेदार भएको प्रतिक्रिया दिएकी छिन् । जबरा अदालत जाने तयारीमा रहेको दिन (असोज २ गते) सुनिधि बालुवाटारस्थित् जबराको निवासबाट बाहिरिने क्रममा मिडियासँग बोलेकी थिईन् । सो क्रममा उनले आफूहरुमाथि ज्यादती भएको प्रतिक्रिया दिएकी थिईन् ।
सुनिधिले आफू जबराको परिवारकै सदस्य भएको बताईन् । सुनिधिले रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा भनिन-“म चोलेन्द्रका दाइ शान्तिशमशेरकी नातिनी बुहारी हुँ ।” उनी शान्तिशमशेरका नाति वरदानशमशेर राणाकी श्रीमती हुन् । सुनिधि नाम चाहीँ उनलाई विवाहपछि श्रीमान्ले दिएको नाम हो ।
उनले आफू एउटा नाताले जबराको बुहारी नातिनी पर्ने र अर्को नाताले छोरी भएको दाबी गरिन् । उनी जबराकै परिवारकै सदस्य भएको बताईएको छ । जबरा नजरबन्दमा रहेको चर्चा भएकै बेला उनी निवासबाट बाहिरिएकी थिईन् । file photo