काठमाडौं, ४ असोज । सत्तारुढ दल पाँचदलिय गठबन्धनका शीर्ष नेता अहिले छलफलमा जुटेका छन् । प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदलको बैठक बालुवाटारमा जारी छ ।
सोमबार समानुपातिक सुची निर्वाचन आयोगमा बुझाएका गठबन्धन आज प्रत्यक्षतर्फ सिट मिलाउन छलफलमा जुटेको हो ।
पाँचदलीय गठबन्धनले प्रदेश र प्रतिनिधी सभाको चुनावमा तालमेल गर्न नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।