Logo

गठबन्धनको बैठक सकियो, पुनः ४ बजे बस्दै



काठमाडौं, ४ असोज । सत्तारुढ दल पाँचदलिय गठबन्धनका शीर्ष नेताबीचको बैठक सकिएको छ । बैठक फेरी बेलुका ४ बजे बस्ने स्रोतले जनाएको छ । प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदलको बैठक करिब २ घण्टा बालुवाटारमा बसेर बसेको हो ।

बिहानीको बैठकमा सिटबारे सामान्य छलफल भएको र साझ बस्ने बैठकमा ठोस छलफल हुने जनाइएको छ । सोमबार समानुपातिक सुची निर्वाचन आयोगमा बुझाएका गठबन्धन आज प्रत्यक्षतर्फ सिट मिलाउन छलफलमा जुटेको हो ।

पाँचदलीय गठबन्धनले प्रदेश र प्रतिनिधी सभाको चुनावमा तालमेल गर्न नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot