Logo

धनगढीमा अनशनरत डा.केसीको काठमाडौंमा उपचार हुँदै



काठमाडौं, ५ असोज । स्वास्थ्य सेवा सुधारका विभिन्न माग राखेर धनगढीमा अनशन बसेका डा.गोविन्द केसीलाई स्वास्थ्यमा समस्या आएपछि काठमाडौं ल्याइएको छ । अनशन बसेको १० औं दिनमा स्वास्थ्यमा समस्या आएपछि डा.केसी उपचारका लागि श्री एयरलाइन्सको विमानबाट काठमाडौं आएका हुन् ।

उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो । स्वास्थ्यमा समस्या आएपनि अनशन तोड्न नमानेका केसीले शिक्षण अस्पतालमा नै अनशनलाई निरन्तरता दिने स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्