Logo

देउवालाई गलाउन प्रचण्ड, नेपाल र यादवको मोर्चाबन्दी



काठमाडौं, ७ असोज । सत्ता गठबन्धनभित्र सिट बाँडफाँट पेचिलो बन्दै गएको छ । कतिपय विषयमा समझदारी भएपनि महत्वपूर्ण निर्वाचन क्षेत्रहरुमा दुई वा दुईभन्दा बढी दलको दाबी देखिएपछि कुरा मिल्न सकेको छैन ।

नेपाली काँग्रेसले कुल १६५ सिटमध्ये आधाभन्दा बढी दाबी छाडेको छैन । उसले २०७४ को चुनावमा माओवादीले जितेका, चुनाव जितेर नेकपा एस र जनता समाजवादी पार्टीमा रहेकाहरुको क्षेत्र समेत दाबी गरेपछि नयाँ घटनाक्रम विकास भएको छ ।

काँग्रेसलाई गलाउन प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले मोर्चाबन्दी गरेका छन् । उनीहरुले शुक्रबार छुट्टै बैठक समेत बसेर रणनीति तयार गरेका छन् । जसमा काँग्रेसलाई ८२ सिटभन्दा बढी दिन तयार नहुने, २०७४ को चुनाव जितेर आफूहरुसँग रहेका सांसदहरुको सिट नछाड्ने र छाडेपनि प्रभावशाली एक वा दुईलाई मात्र छाड्ने विषय छन् ।

विश्वस्त स्रोतका अनुसार यसअघि गठबन्धनका दलले जितेको क्षेत्रमध्ये रामचन्द्र पौडेलका लागि तनहुँ १ छाड्नेबाहेकमा माओवादी, नेकपा एस र जसपा तयार छैनन् । काठमाडौं २ छाड्न पनि माधव नेपाल पक्षधर सकारात्मक भएको बुझिएको छ । तर, उनले त्यसका लागि विभिन्न शर्त राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot