Logo

बर्दिवास नगरपालिकाका प्रमुख प्रल्हाद क्षेत्री माओवादी प्रवेश गर्दै



काठमाडौं, ८ असोज । बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने भएका छन् । कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्रबाट चुनाव जितेका क्षेत्री माओवादी प्रवेश गर्नेगरि अध्यक्ष पुष्पकमल दाहालसँग सम्पर्कमा रहेको बताईएको छ । क्षेत्रीले मेयर जित्नको लागि २०औं करोड खर्च गरेको चर्चा थियो ।

हुन त प्रचण्डले पनि स्थानीय तहको निर्वाचनमा केही उम्मेदवारले २० करोड खर्च गरेको भन्दै चुनाव लड्न अब कसैले नसक्ने अवस्था सिर्जना भएको बताएका थिए ।

तर, संयोग कस्तो भने मंसिर ४ गतेको निर्वाचन आउनुअघि नै उनै दाहालले सबैभन्दा बढि खर्च गरेर मेयर जितेका क्षेत्रीलाई पार्टीमा भित्र्याउने भएका छन् । क्षेत्री ०७४ मा पनि मेयरमा उठेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot