Logo

डेंगी भयावह भयो, प्रत्येक वर्ष सचेत हुनुपर्छः डा. ठाकुर



काठमाडौं, ८ असोज । सरुवा रोग विशेषज्ञ डा.गरिबदास ठाकुरले डेंगी रोग चार प्रकारको हुने बताएका छन् । यसबाट संक्रमित हुन एउटा लामखुट्टे एक व्यक्तिको आवश्यकता पर्ने उनले बताए ।

आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै डेंगी एउटा मानिसबाट अर्को मानिसमा नसर्ने बताए । लामखुट्टेको टोकाईबाट मात्र संक्रमित हुने स्पष्ट पारे । सबै लामखुट्टेले टोक्दैमा संक्रमित नहुने जानकारी दिँदै डा. ठाकुरले एडिस जातको पोथी लामखुट्टेले टोकेमा मात्र महामारी फैलिने बताए । डेंगी महामारी सेप्टेम्बरमा सुरु भएर नोभेम्बरमा सम्म हुने र वर्षातको सिजनमा धेरै समस्या उत्पन्न गराउने बताए ।

डा. ठाकुरले २००४ मा आफ्नो नेतृत्वमा नेपाल डेंगी प्रभावित राष्ट्रको रुपमा विश्व स्वास्थ्य संगठनमा राख्न सफल भएको पनि बताए । हरेक ३ देखि ४ वर्षमा यसको प्रकोप देखा पर्ने भन्दै उनले प्रत्येक वर्ष सचेत हुनुपर्ने बताए । उनले भने,‘अझै तीन देखि चार वर्षसम्म बेस्सरी सचेत हुनुपर्छ । यसको लागि बजेटको व्यवस्थापन, एक्सपर्टहरुलाई डेंगीको नियन्त्रण गर्ने तालिमको व्यवस्थापन र नियन्त्रणबारे सरकारले विशेष ध्यान दिनुपर्छ ।’

डेंगी नियन्त्रणमा पत्रकार, चिकित्सक, स्थानीय सरकार र सरकार र पब्लिक सबैको सबैको भृमिका बराबर हुने उनले बताए । लामखुट्टे सम्बन्धि प्रकोप नियन्त्रणका लागि १० प्रतिशत हुने एडल्ट लामखुट्टे नियन्त्रण गर्ने र ९० प्रतिशत हुने लामखुट्टेको लार्भा सफा पानीमा बस्ने नदिने सबैभन्दा प्रमुख भएको उनले स्पष्ट पारे । लार्भाले सफा र अस्थिर पानीमा फुल पार्ने उनको भनाइ थियो ।

लामखुट्टेले पानी जम्न नदिएमा फुल पार्न नसक्ने भन्दै लार्भाले खुला भएका ड्रम र बगेटाहरुलाई छोपेर राख्नुपर्नेमा जोड दिए । सरकारले ल्याएको खोज र नष्ट गर्ने विधि राम्रो भएको उल्लेख गर्दै लार्भालाई खोजेर नष्ट गरेमा एडल्ट लामखुट्टे नियन्त्रण गर्न सकिने बताए । जनचेतना अभिवृद्धि गरेर, सरकारले एक्सपर्टको सल्लाहमा अघि बढेर र बजेटको व्यवस्थापन गरेमा प्रकोप नियन्त्रण गर्न सकिने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot