काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको निर्वाचन प्रणाली नै विकृत भएको बताएका छन् । उनले जनताले परिवर्तनबाट लाभ लिन नसकेको गुनासो पोखे ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीभित्रबाट अध्यक्ष प्रचण्डलाई कसैलेपनि चूनौति नदिएको स्पष्ट पारेका छन् ।
यद्धपी उनले अध्यक्षले पनि कतिपय कुरा सुधार गर्नुपर्नेमा जोड दिए । उनले पार्टीभित्र पदलाई लिएर अहिले कुनै विवाद नभएको जिकिर गरे ।