Logo

बर्दिवास नगरपालिकाको एक रुपैयाँ पैसा खाएको प्रुभ भए म राजीनामा दिन्छु : मेयर क्षेत्री (भिडिओसहित)



काठमाडौं, १० असोज । बर्दिवासका मेयर प्रल्हादकुमार क्षेत्रीले आफूले कार्यकाल सम्हालेदेखि आजको दिनसम्म एउटापनि गलत काम नगरेको दाबी गरेका छन् । शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासको लागि आफूले ध्यान दिएर काम गरेको उनको भनाई छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले बर्दिवास नगरपालिकामा भ्रष्टाचार नरहेको जिकिर गरे । उनले आफूले जनताको बीचमा गएर बोलेका वाचा पूरा गर्ने स्पष्ट पारे ।

उनले बर्दिवास नगरपालिकाको एक रुपैयाँ पनि पैसा खाएको प्रमाणित भए पदबाट राजीनामा दिने बताए । उनले आफ्नो सम्पत्ति पुर्खौली नै रहेको सुनाए । उनले आफूले अहिलेसम्म भ्रष्टाचार र अनियमित काम नगरेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्