काठमाडौं, १० असोज । ईन्टरपोलले सन्दीप लामिछानेविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । बलात्कारको आरोप लागेपछि लामिछाने फरार छन् ।
नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले लामिछानेलाई फरारसूचीमा राख्दै डिफ्युजन नोटिस जारी गरेको हो । यो नोटिस जारी भएसँगै अब ईन्टरपोलका सदस्य देशले उनको खोजी गर्नेछन् ।
लामिछानेविरुद्ध गत भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप छ ।
लामिछानेविरुद्ध भदौ २२ गते गौशाला प्रहरीमा जाहेरी परेको थियो । प्रहरीले लामिछानेलाई पक्राउ गर्न अदालतबाट अनुमति पनि लिइसकेको छ । file photo