Logo

दशैंँ बिदामा सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट लिने



काठमाडौं, ११ असोज । सर्वोच्च अदातलमा दशैँ बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुने भएको छ । अदालतले एक विज्ञप्ति जारी गर्दै दशैँ बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट लिने र सुनुवाइ गर्ने जानकारी दिएको हो ।

अदालतका अन्य काम घटस्थापनाका दिनदेखि नै बन्द गरिएका छन् । अब शनिबार र दशैँको टिकाको दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट मात्रै खुल्ला रहने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्