काठमाडौं, ११ असोज । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले विद्रोही समुहको गतिविधिलाई नियालीरहेको बताएका छन ।
आज कन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा.महतले समानुपातिक पद्धतीको बन्दसूची सबैको सहमतिबाटै तयार पारिएको दाबी गरे ।
डा.शेखर कोइराला–गगन थापाको समुहले बन्द सूचीको बारेमा अनावश्यक विवाद निकालेको उनको भनाइ थियो । यसले पार्टीको हित नहुने उनले टिप्पणी गरे ।
डा. महतले पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरु समावेश भएर सहमतिबाट उक्त सूची पेश भएको दाबी गरे । सूचीमा केही त्रुटी भएपनि एउटा पक्षलाई मात्र पक्षपोषण गरेर अर्कोलाई कमजोर गरेको भन्नेमा सत्यता नभएको बताए ।