पर्सा, १३ असोज । बीरगंजमा आज विहान करिब ७०० जना म्याराथुन र वाकाथनमा सहभागी भई स्वस्थ्य मुट अभियानअन्तर्गत विश्व मुटु दिवस मनाईएको छ । नेपाल मेडिसिटी बयोधा हस्पिटलले विगत १ हप्ता देखि विश्व मुटु दिवस मनाउने क्रममा आज बीरगंजको घण्टाघर देखि गण्डक स्थित नेपाल मेडिसिटी हस्पिटलसम्म करिब ५ किलोमिटर म्याराथुनको आयोजना गर्यो । उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, स्थानीय क्लब लगायतका स्थानीयहरु गरी करिब १ सय जना सहभागी भएका थिए ।
म्याराथुनमा ईश्वर रिजालले १६ मिनेट ४२ सेकेण्डमा पूरा गरी प्रथम, नारायण जि.सीले १६ मिनेट ५७ सेकेण्डमा दोश्रो र धन सिंह चुनाराले १७ मिनेट ०३ सेकेण्डको समयमा तेश्रो भएका थिए ।विजयी धावकहरुलाई नेपाल मेडिसिटी बयोधा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राज राणाले मेडल र पुरस्कार प्रदान गर्नु भएको थियो ।
आज विहानै करिब ६ सय जनाले घण्टाघर देखि नारायणी उपक्षेत्रीय अस्पताल सम्म वाकाथनमा सहभागी भएका थिए । मुटु सम्बन्धी जनचेतनामुलक प्लेकार्ड सहित पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, भारत सरकारको कन्सुलेट जेनेरल नितिश कुमार, कन्सुलेट पिईसी शैलेन्द्र कुमार, अस्पतालका निर्देशक एवं उद्योगी अशोक बैद्य, रोटरी क्लब, लायन्स क्लब, बीरगंज महानगरपालिका स्वास्थ्य कार्यालयका कर्मचारीहरु लगायतका स्थानीयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मुटुको समस्याबाट मानिसहरु आक्रान्त भईरहेकोले यसप्रकारको जनचेतनामुलक कार्यले मुट रोगबाट बच्न सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा भारत सरकारको कन्सलेट जेनेरल कार्यालयका कन्सुलेट पिईसी शैलेन्द्र कुमारले मुटु रोगको रोकथामका लागि हामी सबैले आफ्नो तर्फबाट कार्य गर्नुपर्ने र बीरगंज स्थित नेपाल मेडिसिटी बयोधा अस्पतालले मुटुरोगको उपचारका लागि गरेको प्रयासको सह्राहना गर्नु भयो ।
नेपाल मेडिसिटी बयोधा अस्पतालका निर्देशक एवं उद्योगी अशोक बैद्यले आफूहरुले बीरगंजमा राम्रो उपचारका दिने अस्पतालको रुपमा नेपाल मेडिसिटी बयोधा अस्पताललाई विकाश गरिरहेको र मुटुरोग लगायतका अन्य गुणस्तरीय उपचारमा आफूहरु लागेको बताउनु भयो ।