Logo

दशैँको अवसरमा राप्रपा नेपालका युवा नेता तामाङद्धारा शुभकामना व्यक्त



काठमाडौं, १४ असोज । राप्रपा नेपालका युवा नेता आइतराम तामाङले नेपालीहरुको महान चाड विजयादशमी र आउँदै गरेको शुभ दिपावली, छठपर्व तथा नेपाल संवतको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका छन ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेका तामाङले सम्पुर्ण नेपाली, मुलवासीहरुको सुख, शान्ति, समृद्धि एवं दिर्घायुको कामना गरेका हुन ।

मुलवासीभित्रबाट सम्लग्न रही देश र जनताको लागि केही न केही गर्नुपर्छ भन्ने भावनाले आफू राजनीतिमा आएको उनी बताउँछन् । सुखी नेपाल, समृद्ध नेपाल बनाउने उनको मुख्य उद्देश्य रहेको छ ।

मुलवासीभित्रका एक युवा नेताका रुपमा पनि परिचित उनी युवाहरुको ढुकढुकी समेत हुन । तामाङले दुखी, पीडितहरुलाई व्यक्तिगत रुपले पनि सहयोग गर्दै आएका छन । देशले युवा नेताको खोजि गरेको समयमा उनको उम्मेदवारीलाई सम्भावना बोकेको उम्मेदवारको रुपमा लिइएको छ ।

भ्रष्टाचार, गुण्डागर्दीको अन्त्य गर्ने, राम्रो समाज निर्माण गर्ने एजेण्डा लिएर युवा व्यवसायी समेत रहेका तामाङ चुनावमा होमिएका छन् ।



प्रतिक्रिया दिनुहोस्