काठमाडौं, १५ असोज । जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष सुमनले आफ्नो दलले सिद्धान्तसँग कुनैपनि कुराको साँठगाँठ नगर्ने बताएका छन् । उनले आगामी मंसिर ४ गतेको निर्वाचनपछि आफ्नो दलका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री बन्ने पनि दाबी गरेका छन् । उनले उपेन्द्र यादव प्रधानमन्त्री बने आश्चर्य नमान्नपनि आग्रह गरेका छन् ।
आज (शनिबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी निर्वाचनमा कसैको पनि बहुमत नआउने दाबी गरे । उनले चुनावपछि एमालेसँगपनि सहकार्य हुनसक्ने सम्भावना रहेको सुनाए । उनले अहिले मुलुकमा संघीयता हुनुको कारण नै जसपा नै भएको स्पष्ट पारे ।