Logo

देउवासँगको सहमतिपछि शेखरको प्रतिक्रिया : समानुपातिकमा कुरा मिल्यो, भोलिबाट प्रत्यक्षमा पनि सहमति खोज्छौं



काठमाडौं, १६ असोज । टिकट वितरणमा भेदभाव गरिएको भन्दै असन्तुष्ट बनेको नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहसँग सभापति शेरबहादुर देउवाको सहमति भएको छ । सभापति देउवाले कोइराला समूहलाई सम्मानजनक सिट दिने सहमति जनाएसँगै तत्काललाई पार्टीभित्रको विवाद पनि हल भएको छ ।

देउवा र कोइराला समूहका नेताहरुबीच आज भएको समझदारीअनुसार समानुपातिकमा ७५ र २५ प्रतिशतमा सहमति भएको छ । सो सहमतिलगत्तै रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शेखर कोइरालाले भने-“आज समानुपातिकमा सहमति भएको छ । भोलिबाट प्रत्यक्षको सिटको लागि सहमति खोज्छौं ।प्रत्यक्षमा सिटको लागि हामी भोलिबाट गृहकार्य थाल्छौं । कुरा मिल्छ, ऋषिजी ।” कांग्रेसले भोलिबाट उम्मेदवार तय गर्ने तयारी गरेको छ । file photo



प्रतिक्रिया दिनुहोस्