Logo

‘चीनले सीमा अतिक्रमण नगरेको’ दाबी गर्ने हुम्लाका छक्कबहादुर किन एमाले छिरे



काठमाडौं, १७ असोज । २०७४ को निर्वाचनबाट प्रतिनिधिसभामा हुम्लाबाट स्वतन्त्र उम्मेदवार जितेका थिए छक्कबहादुर लामाले । देशभरबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेमा छक्क एकमात्र स्वतन्त्र उम्मेदवार थिए । उनले सबैलाई छक्क पारिदिएका थिए ।

माओवादीमा लागेका छक्कले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । पछि माओवादीमै प्रवेश गरे । तर, छक्क आज नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गराए ।

हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषयमा चिनियाँ पक्षकै बचाऊ गरेर छक्क विवादमा परेका थिए । उनको हुम्लाकै नेताहरुले आलोचना गरेका थिए । चिनियाँ पक्षबाट सीमा अतिक्रमण भएको विषयमा सरकारले छानविन गर्न लागेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारको आलोचना गरेका थिए । उनले चीनबाट सीमा अतिक्रमण नभएको भन्दै बचाऊ गर्न खोजे । अहिले चीनले सीमा अतिक्रमण नगरेको भन्ने ओली र छक्कको मिलन भएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot