Logo

ठूला पार्टीहरूले साना पार्टीलाई पेल्न खाेजेकाे झलनाथ खनालकाे आराेप



काठमाडौं, १९ असाेज। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा आज ‘ब्रेक थ्रु’ हुने दाबी गरेका छन्।

“९० प्रतिशत कुरा मिलिसकेकाे छ। अब धेरै गाह्राे छैन। ठूला पार्टीहरूले साना पार्टीहरूलाई अलि पेल्न खाेज्छन्। हाम्रा न्यूनतमदेखि अधिकतम माग छन्। बीचकाे विन्दुमा गएर सबै कुरा मिल्छन्। आज ‘ब्रेक थ्रु’ हुन्छ,” नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खनालले भने।

अब गठबन्धनकाे विकल्प नभएकाे पनि उनले आैंल्याए। “विगतमा हामीले खेलेकाे भूमिका, आधार र हैसियत अनुसार सिट पाएका छैनाैं। यसमा जसपा र हाम्राे भावना मिल्छ। तर अब हामीसँग मिलेर जानुकाे विकल्प छैन,” खनालले थपे।



प्रतिक्रिया दिनुहोस्