काठमाडौं, २० असाेज। लाेकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नाे पार्टी एक्लै निर्वाचनमा जान लागेकाे बताएका छन्। “यसपटक हामीलाई कसैकाे साथ छैन। हामी एक्लै जान्छाैं। लाेकतन्त्रमा सबैका लागि स्पेस हुन्छ। स्थानीय स्तरमा कहीं कहीं तालमेल हुन सक्छ,” प्राइम एचडी टेलिभिजनकाे कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै ठाकुरले भने।
लाेसपा अध्यक्ष ठाकुरले एमालेसँग केही सिटमा तालमेल हुने समझदारी रहेकाे पनि बताए। “हामीले एमालेसँग वार्ताका लागि टाेली नै बनाएका थियाैं। एमाले हामीले साेचेकाे स्तरमा तालमेल गर्न तयार भएन। तर केही सिटमा तालमेल गर्ने समझदारी छ।” लाेसपाका कतिपय नेता अवसरका लागि अन्य पार्टी प्रवेश गरेकाे आराेप पनि उनले लगाए।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सिटका लागि लाेसपाले कुनै कुराकानी नगरेकाे पनि उनले बताए। उनले भने, “उहाँले सहकार्य गराैं भन्नुभएकाे हाे। तर सिटका कुरा भएनन्। अब केकाे सहकार्य? कांग्रेसलाई नै सिट पुगेकाे छैन। सिट भनेकाे दान-दक्षिणा हाे र!”