काठमाडौं, २२ असाेज। नेकपा (एकीकृत समाजवादी) का नेता साेमप्रसाद पाण्डेले गठबन्धनकाे सिट बाँडफाँटमा आफ्नाे पार्टीकाे कुनै आपत्ति नभएकाे बताएका छन्।
‘हामीले संघमा २४ सिट चाहेकाे हाे। अहिलेसम्म १९ मात्र निश्चित भएकाे छ। जित्न सक्ने केही ठाउँमा सिट पाएका छैनाैं। गठबन्धनमा जाने भएपछि दुईचार सिट तलमाथि भए पनि सहनुपर्छ,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले भने।
उनले संघकाे क्षतिपूर्ति प्रदेशमा मिलाउनुपर्ने पनि आैंल्याए। नेता पाण्डेले अाफ्नाे पार्टीकाे समानुपातिक सूची शुभलाभकाे आधारमा तयार नभएकाे दाबी गरे। पुराना कार्यकर्ता, इतिहास र याेगदान हेरेर सूची बनाएकाे उनकाे तर्क छ।