Logo

गाेरखा जाने प्रचण्डकाे निर्णय एकदमै उचित छ: दिनानाथ शर्मा



काठमाडौं, २२ असाेज। नेकपा (माअाेवादी केन्द्र) का नेता दिनानाथ शर्माले चितवन छाडेर गाेरखा जाने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे निर्णयकाे स्वागत गरेका छन्।

‘मैले त एक वर्ष पहिले नै प्रचण्डलाई याे कुरा भनिसकेकाे थिएँ। उहाँ निकै घाेरिनुभएकाे थियाे। गाेरखा उहाँले पढाएकाे, जनयुद्ध थालनीकाे बैठक गरेकाे, प्रथम सहिद भएकाे ऐतिहासिक जिल्ला हाे। चितवनमा घेराबन्दीमा पर्नुभन्दा गाेरखा जानु उपयुक्त हुन्छ,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले भने।

नेता शर्माले गठबन्धनकाे भागबन्डामा आफ्नाे पार्टीमा कुनै असन्तुष्टि नभएकाे पनि बताए। उनले थपे, ‘सहकार्य गर्दा केही सिट तलमाथि हुन्छ नै। सम्झाैता गर्दाखेरि भनेजस्ताे नहुनु स्वाभाविक हाे।’

नेपाली कांग्रेस २००७ देखिकाे परिवर्तनकारी शक्ति भएकाले गठबन्धन प्राकृतिक भएकाे उनकाे जिकिर छ। ‘मिल्ने र मिलाउने मुख्य कुरा संविधान हाे। न्यूनतम सहमतिका आधारमा सहकार्य गरेका हाैं,’ शर्माले भने।



प्रतिक्रिया दिनुहोस्

Screenshot