Logo

एमाले फुट्नसक्ने



काठमाडौं, २२ असोज । नेकपा एमाले फुट्नसक्ने परिस्थिति विकास भएको छ । एमालेभित्रको डा. भीम रावल समूह र टिकट नपाएको असन्तुष्ट समूह पार्टीबाट अलग हुने तयारीमा लागेपछि फुटको सम्भावना बढेको हो ।

एमालेका पूर्वउपमहासचिव घनश्याम भुसालले एमाले छाडिसकेका छन् । रावल र भुसालले आगामी कदमबारे टेलिफोनमार्फत् छलफल गरेको बुझिएको छ ।

एमालेभित्र टिकट नपाएका असन्तुष्ट समूहलाई समेत समेटेर रावलले आगामी कदम चाल्ने बुझिएको छ । उनी सत्ता गठबन्धनसँग मिलेर जाने वा स्वतन्त्र तरिकाले जानेबारे टुंगो लाग्न बाँकी रहेको विश्वस्त स्रोतले बताएको छ । तर, रावल एमालेभित्रै रहने सम्भावना भने लगभग सकिइसकेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्