Logo

धनुषा-४ मा चुनाव लड्न एमाले सचिव महासेठ जनकपुर ओर्लिए, विमानस्थलमा भव्य स्वागत



जनकपुर, २२ असोज । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि धनुषा ४ बाट नै उम्मेदवारी दिने भएका छन् । उम्मेदवारी दर्ताको लागि महासेठ आज साँझ जनकपुर ओर्लिएका छन् । यो क्षेत्रमा एमालेलाई जनता समाजवादी पार्टीले सघाउने भएको छ ।

सत्ता गठबन्धनबाट भने नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले यो क्षेत्रबाट उम्मेदवारी दिँदैछन् । उनी सभापति शेरबहादुर देउवानिकट नेता मानिन्छन् । ०७४ को निर्वाचनमा पनि महासेठ र यादवबीच नै प्रतिष्पर्धा भएको थियो ।

वाम गठबन्धनको उम्मेदवार महासेठले ०७४ को निर्वाचनमा फराकिलो अन्तरले जित हाँसिल गरेका थिए । उम्मेदवारी दर्ताको लागि जनकपुर ओर्लिएका नेता महासेठलाई एमालेका नेता तथा कार्यकर्ताहरुले जनकपुर विमानस्थलमा भव्य स्वागत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्