Logo

लोसपाले टुँग्यायो उम्मेदवार : महन्थ महोत्तरी-३ बाट लड्ने, अनिल झा धनुषा-३ मा आए



काठमाडौं, २२ असोज । लोकतान्त्रिक समाजवादी पार्टीले प्रतिनिधिसभाको निर्वाचनको लागि सत्ता गठबन्धनमा भएको सहमतिअनुसार उम्मेदवार तय गरेको छ । लोसपाका युवा नेता केशब झाले दिएको जानकारीअनुसार सत्ता गठबन्धनसँग लोसपाले ७ सिट लिएको छ ।

यस्तै, सर्लाही २ मा मित्रवत् प्रतिष्पर्धा गर्ने भएको छ । लोसपाको अहिले भर्खरै सम्पन्न हाई कमाण्डको बैठकले उम्मेदवारको नाम टुँगो लगाएको हो । झाका अनुसार सप्तरी-२ मा जयप्रकाश ठाकुर, धनुषा-३ मा अनिलकुमार झा, महोत्तरी-२ मा शरदसिंह भण्डारी, महोत्तरी-३ मा महन्थ ठाकुर, सर्लाही-१ मा रामप्रकाश चौधरी, सर्लाही-२ मा राजेन्द्र महतो, बारा-३ मा प्रमोद गुप्ता र पर्सा-१ मा लक्ष्मणलाल कर्णलाई उम्मेदवारी बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्