Logo

चुनावकाे १७ दिन अघिबाट मात्र आमसभा, जुलुस गर्न पाइने



काठमाडौं, २३ असाेज। निर्वाचन आयाेगले प्रतिनिधिसभाका १६५ र प्रदेशका ३३० क्षेत्रमा मनाेनयन दर्ताकाे सम्पूर्ण तयारी पूरा भएकाे जनाएकाे छ। आज बिहान १० बजेदेखि दिउँसाे ५ बजेसम्म मनाेनयन दर्ता, असाेज २४ मा दाबी विराेध र उजुरी, २५ मा उम्मेदवारी फिर्ता र २६ मा अन्तिम नामावली प्रकाशन र चिह्न वितरणकाे तालिका छ।

‘मंसिर ४ मा हुने निर्वाचनका लागि हाम्राे मुख्य तीन चरण छन्। पहिलाेमा मनानयन दर्तापूर्वका काम सकिए। दाेस्राेमा मनाेनयनदेखि मतदानसम्मका कार्यक्रम छन्। तेस्राे चरणमा मतगणना र मत परिणाम घाेषणा पर्छन्,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै व्यवस्था मिलाइएकाे आयाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलले भने।

निर्वाचन आचारसंहिता-२०७९ अनुसार चुनावकाे १७ दिन अघिबाट मात्र आमसभा, जुलुस, प्रदर्शन आदि गर्न पाइने छ। चुनाव खर्च बढ्ने भएकाल त्यस्ता व्यवस्था मिलाएकाे उनकाे तर्क छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot