Logo

सिन्धुपाल्चोक १ मा सभामुखका भतिजा उम्मेदवार



सिन्धुपाल्चोक, असोज २३ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचन नलड्ने घोषणा गरेपछि उनी निर्वाचित हुँदै आएको क्षेत्र सिन्धुपाल्चोक १ मा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी नेता माधव सापकोटाले टिकट पाएका छन्। माओवादी बैठकले शनिबार साँझ उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

माओवादी पोलिट्ब्यूरो सदस्य उनी सभामुख सापकोटाको भतिजा हुन्। सभामुख सापकोटाले शनिबार दिउँसो मात्रै पत्रकार सम्मेलन गरेर आफूले आसन्न निर्वाचनमा भाग नलिने घोषणा गरेका थिए। उनले युवालाई अघि बढाउन मैदान खाली गरेकोसमेत बताएका थिए।

विद्यार्थीबाट राजनीति थालनी गरेर १० वर्षे आन्दोलनमा भूमिगत हुँदै ‘जनमूक्ति सेना’ का कमाण्डर बनेका उनी अहिले माओवादी जिल्ला इन्चार्जसमेत छन्। माधवले टिकट पाएको यो क्षेत्रबाट २०७४ को प्रतिनिधि सभा निर्वाचन सभामुख सापकोटा विजयी भएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot