Logo

भीम रावलले भने-म अझै छलफल गर्दैछु, काठमाडौंबाट उठ्ने कि अछामबाट भनेर सोच्दैछु



काठमाडौं, २३ असोज । नेकपा (एमाले) ले आगामी मंसिर ४ गतेको निर्वाचनको लागि टिकटबाट बञ्चित गराएका नेता डा.भीमबहादुर रावलले चुनाव लड्नेबारे निर्णय नलिएको बताएका छन् । उनले आफूले उम्मेदवारी दिनेबारे छलफल गरिरहेको जनाएका छन् ।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले आफू अझै छलफलमा नै रहेको बताए । उनले काठमाडौंबाट चुनाव लड्ने कि अछामबाट भनेर सोचिरहेको सुनाए । उनले भने,”मेरो उम्मेदवारीबारे केही समयपछि निर्णय हुन्छ । पार्टीले यसरी टिकट रोक्ला, अनि घात र अन्याय गर्ला भन्ने मैले सोचेको थिइनँ । काठमाडौंमा लड्नेबारे अन्यौल छु । अछामबाट स्वतन्त्र दिने कि नदिने भन्नेबारे छलफल गर्दैछु । केहीबेरमा निर्णय लिन्छु ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot