Logo

टिकट नपाएका मिनेन्द्र रिजालको प्रतिक्रिया-मलाई कोही पदाधिकारीले फोन गरेका छैनन्



काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजालले अहिलेसम्म आफूलाई पार्टीका कोही पनि पदाधिकारीले फोन नगरेको गुनासो पोखेका छन् । आगामी मंसिर ४ गते निर्वाचनमा पार्टीले पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालालाई मोरङ २ बाट उम्मेदवार बनाएको छ ।

सो क्षेत्रमा डा. रिजालको दाबी थियो । तर, उनलाई चुनाव लड्नेबारे पार्टी सभापति शेरबहादुर देउवादेखि कोही पनि पदाधिकारीले कुनै सल्लाह नै नगरेको बुझिएको छ । उनले भने,”मलाई कुनै पनि पदाधिकारीले फोन गरेका छैनन् । एक महिनाअघि प्रधानमन्त्रीलाई भेटेको थिएँ । अहिले मेरो क्षेत्रबाट सुजाता कोइरालाले टिकट पाउनुभएको कुरा रिपोर्टर्स नेपाल डटकममा न्यूज आएपछि थाहा पाएँ । पार्टीले केही भनेको छैन् ।” file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot