Logo

राप्रपा नेतृ रेखा थापाले गराईन् मोरङ-३ बाट उम्मेदवारी दर्ता



काठमाडौं, २३ असोज । राप्रपाका नेतृ रेखा थापाले मोरङ-३ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएकी छिन् । उनले आफूले युवा विद्रोहको रुपमा उम्मेदवारी दिएको जनाएकी छिन् । उनले यसपटक पैसाले भोट किन्ने प्रथाको अन्त्य हुने पनि विश्वास लिएकी छिन् ।

उनले फेशबुकमा लेखेकी छिन्-

मेरो राजनितीक यात्रा समयको माग हो , आज मोरङका जनताको सेवाका लागी , विगत ३० बर्ष देखि संसदमा पुगेका दलका नेताहरुले मोरङबासीकालागी गरेको काम हेर्दा , समाजले एउटा नेतृत्व वाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण माेरङका जनताकाखातिर युवाले गरेको विद्रोह हो । अव पनि हामी नबाेले, आमीले आवाज नउठाए कस्ले उठाउछ ? देश बनाउन् कसम खाएका नेताहरुले देश त परै जावस आफ्नाे समाजकोलागी सम्म पनि उत्तरदायी बन्न् किन सकेनन ? किन हामी मोरङवासी सधै देशको, राजनीतिकाे केन्द्रविन्दु हुदाहुदै पनि पछि परिेका छौ त ? यस्तै तमाम समस्याले गर्दा मैले , मोर क्षेत्र नै ३ वाट यूवा विद्राेहको रुपमा उमेद्वारी दिएकी छु । रंगमन्चको पर्दामा रेखाथापाको जुन खालको योगदान थियो अव नेपाली समाजको , मोरबासीको , आमाहरु अनि छोरीहरुका लागी विशेष योजना सहित विशेष काम गर्ने छु । यसपटक पैसाले भोटकिन्ने प्रथाको अन्त्य हुनेछ । यसपटक जनतालाई झुट कोलेर संसद बन्ने प्रथाको अन्य हुनेछ । छिट्टै मैले मेरा केही योजनाहरु सहित तपाईको विचमा आफुलाई उभ्याउने छु । यसपटक मोरङले राजनीतिक उच्च चेतना प्रदशन गर्नेछ, मोरङबासी राजनीतिक दाश होइनन, उच्च चेतना र परिर्वतनका संवाहक पनि हुन, भनेर गतिलो जवाफ दिनेछन भन्ने विश्वासका साथ संसदिय इतिहाँसमा मोरङले परिर्वतनका लागी विद्रोह गदैछ , त्यो चेतनसिल विद्रोहमा मा सम्पुर्णआमा वुवा दाजुभाई दिदिबहिनीहरुले दिनुभएको साथ र हातलाई म सधै उच्च सम्मान गर्ने छु । मोरङबासीको जित सुनिश्चित छ । धन्यवाद



प्रतिक्रिया दिनुहोस्