Logo

प्रदिप पौडेलले काठमाडौं-५ बाट गराए उम्मेदवारी दर्ता



काठमाडौ., २३ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

आज (आइतबार) मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले गठबन्धनको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

सो क्षेत्रबाट नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि ०७४ मा पनि पोखरेल नै विजयी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्