काठमाडौं, २३ असोज । नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले ताप्लेजुङबाट उम्मेदवारी मनोनयन पत्र दर्ता गरेका छन् । उनले ताप्लेजुङ्का सम्पूर्ण मतदाताहरुमा सूर्य चिन्हमा मतदानका लागि अनुरोध गरेका छन् ।
उनले लेखेका छन्-
२०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आज मनोनयन पत्र दर्ता गरिएको छ । मैले नेकपा एमालेका तर्फबाट ताप्लेजुङबाट प्रतिनिधिसभाका लागि मनोनयन पत्र पेश गरेको छु । संगै ताप्लेजुङ जिल्लाको प्रदेश क मा नेकपा एमालेका नेता तिलकुमार मेन्याङबो र प्रदेश ख मा नेकपा एमालेका नेता गोपाल थोप्राले मनोनयन पत्र पेश गर्नु भएको छ ।ताप्लेजुङ्का सम्पूर्ण मतदाताहरुमा सूर्य चिन्हमा मतदानका लागि अनुरोध गर्दछु । देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण दिदिबहिनी तथा दाजुभाईमा आबश्यक सहयोग र ऐक्यबद्धताको अपेक्षा गर्दछु ।