Logo

ललितपुर-२ मा डा. दीपेश केसीद्वारा स्वतन्त्र प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता



काठमाडौं, २३ असोज । ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि डा. दीपेश केसीले उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्र उम्मेदवारका रुपमा उनले निर्वाचन आयोगको क्षेत्रीय कार्यालय सातदोबाटो पुगी उम्मेदवारी दर्ता गरेका हुन् ।

केसीको प्रस्तावकमा नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदी र सदस्य सुमन पौडेल रहेका छन् । उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै केसीले आफ्नो उम्मेदवारीले ललितपुरबाट देशको राजनीतिमा नयाँ परिवर्तनको दीयो बाल्ने बताए ।

आफू ललितपुरमा जन्मे हुर्केको उल्लेख गर्दै जिल्लाको समस्यालाई भोगेकाले समाधानको भिजन र मिसन रहेको बताए । उनले धर्म, संस्कृति र सम्पदाको रक्षा गर्दै दीगो विकासको उदाहरणीय कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

ललितपुरमा बेरोजगारी बढ्दै गएको, युवाहरु विदेश पलायतको क्रम बढेकाले समस्याको दीगो समाधानका लागि योजनासाथ बढ्ने बताए । मुहानको शुद्ध खानेपानी निर्वाचन क्षेत्रभर वितरण देखि खोलानाला शुद्ध गर्ने आफ्नो प्रतिवद्धता सुनाए ।

दुई दशक पत्रकारिता गरिसकेका केसीसँग सामाजिक समस्याबारे अनुसन्धान, अध्यापनलगायतको अनुभव छ । उनका ८ पुस्तक प्रकाशित भइसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्