Logo

डा. वीरेन्द्र महतोले सिरहा-४ बाट गराए उम्मेदवारी दर्ता (भिडिओसहित)



काठमाडौं, २३ असोज । जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेता तथा पूर्व सभासद डा. वीरेन्द्र प्रसाद महतोले सिरहा ४ बाट प्रतिनिधिसभाको लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारीको लागि मनोनयन गर्न एमाले र जसपाका नेता तथा कार्यकर्ताहरुको ठूलो पँक्ति नारा जुलुस गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । यो क्षेत्रमा एमाले र जसपाबीच चुनाव सहकार्य भएको छ ।

एमालेले डा. महतोलाई सघाउने भएको छ । डा. महतो प्रतिष्ठित उद्योगपति भएको र जिल्लाको विकासको लागि निरन्तर योगदान पुर्याउँदै आएकोले उनको जित सुनिश्चित् रहेको सो क्षेत्रका मतदाताहरुको प्रतिक्रिया छ ।

महतोले पनि गठबन्धनमा कुनै अन्तरघात नहुने विश्वास लिएका छन् । ०७४ मा यो क्षेत्रबाट तत्कालिन राजपाका अध्यक्ष राजकिशोर यादवले जितेका थिए । अहिले जसपामा रहेका यादव सिरहा २ बाट उम्मेदवार बनेका छन् ।

डा. महतोले सत्ता गठबन्धनका धर्मनाथ साहसँग चुनावी प्रतिष्पर्धा गर्दैछन् । यो क्षेत्रमा डा. महतोको परिवारले शिक्षा, स्वास्थ्य, बैंकिङलगायतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ ।

महतोको अग्रसरतामा उनको जन्मस्थान कर्जन्हामा आमाको नाममा सुविधासम्पन्न अस्पताल सञ्चालनमा छ । यस्तै, उनकै निर्वाचन क्षेत्रमा पर्ने बन्दिपुरमा पनि आमाकै नाममा सुविधासम्पन्न कलेज सञ्चालनमा छ ।

Photo & Video Source: Premsila Yadav 

https://www.facebook.com/premsila.yadav.54/videos/794011095194567



प्रतिक्रिया दिनुहोस्